लायन वर्ष २०२१/०२२को सुरुवात सरसफाई र वृक्षारोपण बाट

लायन वर्ष २०२१/०२२को सुरुवात सरसफाई र वृक्षारोपण बाट

कपन अनलाइन

काठमाडौँ, असार १७  ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लबले   गोकर्णेश्वर महादेव मन्दिर परिसर सरसफाई गर्नुको साथै माकलबारी स्थित लायन्स प्रतिक्षालय वरपर सरसफाई र वृक्षारोपण गरेको छ।  लायन बर्ष २०२१।०२२ को इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले  लायन बर्षको सुरुवातको पहिलो हप्तालाई Service Week को रुपमा बिबिध सेवाका कार्यहरु गरि मनाउन गरेको आव्हानलाइ मध्यनजर गर्दै  डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेका २७ वटा लायन्स क्लब र २ वटा लियो क्लबको संयुक्त आयोजनामा गोकर्णेश्वर महादेव मन्दिर परिसर सरफई गर्नुको साथै माकलबारी स्थित लायन्स प्रतिक्षालय वरपर  वृक्षारोपण गरिएको लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट  रोशन बाबु श्रेष्ठले जानकारी गराए।

उनका अनुसार लायन्स क्लबले साताव्यापी रुपमा खाद्यान्न सहयोग, रक्तदान कार्यक्रम स्वास्थ्य सामग्री वितरण,विपद व्यवस्थापन तालिम,वृक्षारोपण जनावरलाइ खाना खुवाउने , मधुमेह परिक्षण,लगायतको कार्यक्रम संयुक्त रुपमा गर्न लागिएको पनि जानकारी गराए।   प्रतिकुल मौसमको बाबजुत पनि लायन्स सदस्यहरुको राम्रो सहभागिता रहेको थियो ।

उनले सो कार्यमा लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, माकलबारी, रोयल हिमालयन, बागमती नर्थ, गुप्ती गणेश, थर्ड आइ, इन्फिनिटी, टिम एभरेष्ट, गौरबशाली,क्रिएटिभ ओमन, राइजिंग सन, सिम्रिक, सुन्दरीजल, नयाँपाटी भिक्टोरियस,एकेडेमिक,  नयाँपाटी फ्रेन्ड्स, कोलाबोरेटर, जर्नी, पन्चशिल ,गेटवे, दर्पण, मनहरा, उत्तरबहिनि, भद्रकाली, साँखु, एस एम एस, बुढानिलकण्ठ नेवा पुच,  सिम्रिक लियो क्लब र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा पुर्व गभर्नर  तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, फर्स्टभाइस  डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।