कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको निधन

कपन अनलाइन

काठमाण्डौ,असार १६।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको रुपन्देहीमा भएको कार दुर्घटनामा ज्यान गएको छ । देवदह नगरपालिका–१० चरंगेमा मंगलबार साँझ बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भण्डारी आफैले चलाएको कार चरंगेबाट बुटवलतर्फ आउने क्रममा चरंगे खोलाको कल्भर्टबाट खोलामा खस्दा दुर्घटना भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उपचारको लागि बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पु¥याइएको थियो । अस्पताल नपुग्दै भण्डारीको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । कारमा भण्डारीसहित तीन जना सवार थिए । बाँकी दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–१ निवासी ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् ।

तपाइँको प्रतिक्रिया ।