बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मुहार फेर्ने अभियानमा वडा अध्यक्ष राजेन्द्र खडका

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को मुहार फेर्ने अभियानमा वडा अध्यक्ष राजेन्द्र खडका

कपन अनलाइन

काठमाण्डौ,असार १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले वडामा पूर्वाधार विकास र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेर आफ्नो कार्यकालको ४ वर्ष  ४६ दिन व्यतित गरेका छन।

लामो समय देखि वडा नं २ र साविक चपली गाविसको विकासमा सक्रिय रहेका अध्यक्ष खड्काले शुरुवातको वर्ष देखिनै दिर्घकालिन महत्वका सडक र सार्वजनिक जग्गा संरक्षण गर्दै पार्क, भवन लगायतका संरचना निर्माणमा ध्यान केन्द्रित गरेका अध्यक्ष खड्का संघीय ,प्रदेस र स्थानीय सरकार बाट ठुलो बजेट व्यवस्थापन गर्न सफल भएका छन।

रुद्रमती ( धोवीखोला ) को मुहान धोवी ढुंगादेखि वडा नं ८ सम्मको सिमानालाई पूर्वाधारमा समृद्ध बनाउने अभियान शुरु गरेका अध्यक्ष खडकाले वडाको सामाजिक विकासका लागि लक्षित वर्गका विभिन्न उत्पादन मुलक अभियान पनि संचालन गरेका छन।वडा नं २ ले संचालन गरेको रोजगार र शिप मुलक तालिम लिएका महिला समुहहरुले विभिन्न उत्पादन मुलक काम पनि शुरु गरिसकेका छन।

हाल सम्म वडा नं २ मा पन्चकन्या -बदेली ,चपली – चुनिखेल ,वडा नं ८ को सिमाना बाट सुन्दरटार ,रुद्रेश्वर बिएमसिए मार्ग र वडा नं ८ को सिमाना बाट कालिका पार्क सम्मको सडक निर्माण भएका छन भने दर्जनौ साना सडक र बाटोहरु पनि निर्माण भएका छन।

सडक संगै सामुदायिक पूर्वाधारलाई पनि विशेष महत्व दिएको वडा नं २ मा रुद्रेश्वर क्रियापुत्री भवन ,महादेव खोला महिला भवन ,बदेली सामुदायिक भवन ,पन्चकन्या मन्दिर ,महादेव कोलोनी योग भवन ,धोवीढुंगा तल्लो भंगाल खानेपानी आयोजना भवन निर्माण गरेको छ भने वडा कार्यालय भवन पनि निर्माणाधीन रहेको छ।

त्यस्तै सार्वजनिक जग्गा संरक्षण र उपयोगलाई मूल मन्त्र बनाएको वडा नं २ ले कालिका पार्क ,जेष्ठ नागरिक पार्क ,महादेव कोलोनी पार्क र रुद्रेश्वर पार्क निर्माण सम्पन्न गरेको छ भने पन्चकन्या सेल्फी पुल र विपद व्यवस्थापन भण्डार कक्ष निर्माण पनि वडा नं २ को उपलव्धिका रुपमा रहेको छ।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको एक मात्र आइसोलेसन केन्द्र रहेको वडा नं २ ले सो केन्द्रको व्यवस्थापन र संचालनमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको थियो।

त्यस्तै वडा नं २ का  जनताहरुलाई निर्वाचनको प्रतिवदत्ता  अनुसार खानेपानीको सेवा उपलव्ध गराउन धोवीढुंगा तल्लो भंगाल खानेपानी आयोजना विस्तारका लागे बजेट व्यवस्थापन गरेको वडाले

 

तपाइँको प्रतिक्रिया ।