पद भन्दा प्रणाली व्यवस्थित गर्न बुढानिलकण्ठ नगर सभापतिमा मेरो दावी छ :राजाराम बुढाथोकी

कपन अनलाइन

काठमाण्डौ,असार १६।

नेपाली कांग्रेसले केन्द्रिय तथा स्थानीय अधिवेशनको कार्यतालिका सार्वजनिक गरे संगै कांग्रेसको  आन्तरिक राजनीति निकै तातेको छ। कांग्रेस सभापति शेर बहादुर देउवाको निवास रहेको बुढानिलकण्ठ नगरपालिकामा पनि आन्तरिक जोड घटाउ र उम्मेदवारमा दावेदारीको क्रम शुरु भएको छ।

यसै क्रममा नेपाली कांग्रेस बुढानिलकण्ठका नेता राजाराम बुढाथोकीले पद भन्दा प्रणाली व्यवस्थित गर्न श्रावण १६ गते हुने नगर  अधिवेशनमा  बुढानिलकण्ठ नगर सभापतिमा दावी गर्ने बताएका छ।

करिव ६  वर्ष देखि नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका प्रतिनिधिका रुपमा सक्रिय रहेका बुढाथोकीले पहिलो स्थानीय तहको निर्वाचनमा पदमुखी प्रवृति हावी हुँदा नराम्रो पराजय भोगेको आफुले गम्भीर मनन गरेको भन्दै अवका दिनमा योगदान र त्यागको सम्मान गर्ने प्रणालीको विकास गर्न आफुले नेतृत्वको दावी गरेको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकामा निर्वाचन हुनु भन्दा अगाडी देखि नै सर्वदलीय संयन्त्रमा रहेर काम गरेको अनुभव रहेकोले नगरपालिकाको समार्थ्य र शक्ति आफुले बुझेको भन्दै बुढाथोकीले आन्तरिक संगठन व्यवस्थापन र प्राविधिक पक्षको तयारी प्रभावकारी गर्न सकेमा आउदो निर्वाचन सजिलै जित्न सकिने धारणा राख्दै नेतृत्वको दावी गरेको बताएका छन।

साविक कपन गाउँ समितिको सभापति समेत रहिसकेका नेता बुढाथोकीले नेपाली कांग्रेस बुढानिलकण्ठमा सबैलाई सम्मान जनक रुपमा समेट्न नसक्दा संघीय क्षेत्रमा तिन पटक जित्दा पनि स्थानीय तह गुमाउनु परेको अनुभव बाट पाठ सिक्नुपर्ने धारणा राखेका छन।

कपन अनलाइन संगको कुराकानीमा नेता बुढाथोकीले  बुढानिलकण्ठका स्थानीय जनता र यहाको विकासका लागि सधै क्रियाशील रहने बताउदै सहयोगका लागि सबै नेता तथा कार्यकर्ताहरु संग अपिल समेत गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।