दमक जेसिज अनलाईन बुद्धिचाल प्रतियोगिताको उपाधि क्षितिज भण्डारीलाई

कपन अनलाइन

काठमाण्डौ ,असार १५।

दमक जेसिज खुल्ला राष्ट्रीय ब्यापी अनलाईन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे माष्टर क्षितिज भण्डारीले जितेका छन्।

दमक जेसिज (२०२१) को आयोजना तथा डाईनामिक चेस एकाडेमी (दमक) को प्राबिधिक सहयोगमा आयोजित प्रतियोगितामा काठमाडौँ जेसीजका भण्डारीले नवौँ चरणमा भक्तपुरका खेलाडी सुमन सुवाललाई पराजित गर्दै ८ अंकका साथ उपाधि माथि कब्जा जमाए। त्यस्तै गरि नेपालका पहिलो फिडे मास्टर मनिष हमाल ७.५ अंकका साथ दोश्रो स्थानमा रहे, हमालले अन्तिम चरणको खेलमा दमक जेसिजका राजन सुबेदीलाई पराजित गरेका थिए। क्यान्डीडेट मास्टर केशव श्रेष्ठ ७ अंक जोड्दै तेश्रो स्थान सुरक्षित गर्न सफल भए। केशवले नवौँ चारणको खेलमा युवा खेलाडी पुरुसोत्तम सिलवाललाई माथ खुवाउन सफल भए।

फिडे मास्टर रुपेश जैसवालले ७ अंक जोडे पनि टाईब्रेकमा पछि पर्दै चौथो स्थानमा सिमित रहे, त्यस्तै अर्जुन घिमिरे पाचौ, सुमन सुवाल छैटौ, युवा खेलाडी सुदिप तामांग सातौ, राजन दाहाल आठौं, राजन सुबेदी नवौं र महेश कुमार चौधरी दशौँ स्थान मा रहन सफल भए। त्यस्तै: पुरुसोत्तम सिलवाल, आशिष फुयाल, हेराकाजी महर्जन, सुमन राई र प्रेमकृष्ण महर्जन क्रमसः एघारौँ देखि पन्ध्रौँ स्थान मा रहेर नगद पुरस्कार प्राप्त गर्न सफल भए।

महिला वर्गको उपाधि महिला फिडे मास्टर सुजना लोहनीले जित्न सफल भईन, दोश्रो स्थानमा क्रितिसरा अधिकारि र तेश्रो स्थानमा बिनिता कपाली रहन सफल भए, त्यस्तै सिनियर (भेट्रान) खेलाडी तर्फ पुर्व नेपाल च्याम्पीयन पुन्यमान कर्माचार्य प्रथम, दोश्रो बद्रीलाल नेपालि र तेश्रो स्थानमा पंच कुमार साहु रहे।

२००० रेटिंङ मुनि राजेन्द्र श्रेष्ठ प्रथम, १८०० रेटिंङ मुनि सागर साई प्रथम, १६००रेटिंङ मुनि गोपाल ज्ञावाली प्रथम र १४०० रेटिंङ मुनि निरज ढुंगाना प्रथम हुन सफल भए।जम्मा ८१ जना खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिता स्विस लिग अन्तर्गत जम्मा ९ चरण सम्म खेलाईएको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।