सुदुर पश्चिम र कर्णाली प्रदेस कमिटीलाई नेपाल खेलकुद महासंघको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

नेपाल खेलकुद महासंघको कोभिड -नो भिड अभियान अन्तर्गत सुदुर पश्चिम र कर्णाली  प्रदेस कमिटीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ।

नेपाल खेलकुद महासंघका इन्चार्ज तथा पुर्व मन्त्रि  दावा तामाङले उक्त स्वास्थ्य सामाग्री महासंघका उपाध्यक्ष चेतनराज गीरी र उपमाहासचिब नन्दा बस्याललाई हस्तान्तरण गरेका थिए।

त्यस्तै अभियान अन्तर्गत  इन्चार्ज तामाङ र महासंघका अध्यक्ष रमेस पौडेल , बरिस्ट उपाध्यक्ष तथा अभियानका संयोजक परशुराम बस्नेतले कर्णाली प्रदेस कमिटीलाई प्रदान गरिएको स्वास्थ्य सामाग्री सहयोग महासंघका उपाध्यक्ष एकेन्द्र कुँवरलाई हस्तान्तरण गरेका थिए।

सो अवसरमा महासंघका  प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई , उपाध्यक्ष सुभष श्रेष्ठ, सचिब रेनुका श्रेष्ठ र  उमेस केसी, बागमती प्रदेश कमिटीका  अध्यक्ष सिताराम कार्की लगायतको ससहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।