Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/202474563_243789354222857_2970022205669968633_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काठमाडौं खेलकुद समाजको अभियानलाई एनएमबी बैंकको साथ

कपन अनलाइन

काठमाण्डौ ,असार १२ ।

खेलकुदको क्षेत्रमा सक्रिय काठमाडौं खेलकुद समाजले सञ्चालन गरिरहेको कोरोना संक्रमण विरुद्धको अभियानलाई एनएमबी बैकले साथ दिएको छ ।

समाजले सञ्चालन गरेका अभियान मार्फत काठमाडौ भित्र बसोबास गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु , प्रशिक्षक, निर्णायक तथा खेलकर्मीहरु मध्ये कोभिड सं क्रमित भई बसेकाहरुको निःशुल्क पिसिआर परिक्षण, डाक्टर सहितको सेवा र अत्यावश्यक परेकाहरुलाई पौष्टिक तत्व समेत आर्थिक सहयोग गर्ने कार्यहरु गर्दे आइरहेको छ ।

समाजले खेलसम्बद्ध व्यक्ति बाहेक अन्यन्त न्युन आय भएका बृद्धबृद्धाहरुलाई निःशुल्क औषधी वितरण तथा विभिन्न स्थानका स्वास्थकर्मीहरुलाई स्वास्थ समाग्री कोभिड किट समेत वितरण गर्दे आइरहेको छ ।

यस अभियानको सफलताका लागि बैकले करिब ७० हजार बराबरको पौष्टिक आहार एवम औषधी प्रदान गरेको हो । देशको प्रतिष्ठाका लागि सर्मपित रहने खेलाडी तथा खेलकर्मीको लागि सहयोग गर्ने अभियान कोभिड संक्रमण न्युन भएकोबेला समेत निरन्तर चल्ने समाजका अध्यक्ष बद्रि भट्टराईले बताएका छन । समाजको यस अभियानमा लोकतान्त्रीक खेलकुद संघ वागमती प्रदेशले विशेष सहयोग गरिरहेका छ ।

तपाइँको प्रतिक्रिया ।