संवैधानिक निकायका पदाधिकारी तथा सदस्यहरु नियुक्त

कपन अनलाइन

काठमाण्डौ ,असार १० ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेकी छन् ।

राष्ट्रपति भण्डारी लोक सेवा आयोगमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख २७ गते सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।

संविधानको व्यवस्था अनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढेको हो । रिक्त रहेको संवैधानिक निकायमा २० पदाधिकारी संसदीय सुनुवाई नभइ संवैधानिक निकायहरुमा नियुक्त भएका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।