मनाङ्ग जिल्लाका बाढी पिडितलाई नेपाल खेलकुद महासंघको सहयोग

मनाङ्ग जिल्लाका बाढी पिडितलाई नेपाल खेलकुद महासंघको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

मनाङ्ग जिल्लाका बाढी पिडितलाई नेपाल खेलकुद महासंघले सहयोग गरेको छ। महासंघले  मनाङ्ग जिल्लामा बाढी पहिरोले क्षेती पुर्याएपछी समस्यामा रहेकाहरुलाई सहयोगका लागि विभिन्न सामाग्रीहरु सहयोग गरेको हो।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्ब मन्त्री कर्ण थापा,महासंघ इन्चार्ज तथा पुर्ब मन्त्री दावा लामा,नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, उपमाहासचिबद्वय शान्तमाया परियार, रामकृस्ण खडका लगायतको नेकोसको टोलीले नेकपा एमाले मनाङ्गका  नेताहरु छिरीङ लोप्साङ, ठन्डा गुरुङ, मदन गुरुङ सहित मनाङ्ग पुगेको थियो ।

कोरोना प्रकोप नियन्त्रण रोकथाम तथा नियन्त्रणका लागि कोभिड -नो भिड अभियान संचालन गरेको महासंघले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितहरुलाई पनि सहयोग गरेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।