काठमाण्डौ महानगरपालिकाका “हेडसर” हरुलाई विशेष प्रोत्साहन भत्ता दिइने

काठमाण्डौ महानगरपालिकाका “हेडसर” हरुलाई विशेष प्रोत्साहन भत्ता दिइने

कपन अनलाइन

काठमाण्डौ,असार ५।

काठमाण्डौ महानगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुलाई विशेष भत्ता दिने भएको छ।काठमाडौँ महानगरले नवौँ अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले प्रधानाध्यापकाहरुलाई मासिक १ हजार रुपैयाँ विशेष प्रोत्साहन दिने प्रस्ताव गरेका छन।

‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सञ्चालन गर्ने योजना अगाडी ल्याएको महानगरपालिकाले सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा दिने कार्यक्रमलाई  विशेष महत्वका कार्यान्वयन गर्ने बताएको छ।

महानगरको नीति तथा कार्यक्रममा  समृद्ध, सुरक्षित र जीवन्त सांस्कृतिक सहरको समृद्धिका लागि ‘सम्पदामा आधारित पर्यटन र नवप्रवर्तनमा आधारित उद्यमशीलता’, ‘आवद्धतामा आधारित सहरी विकास’ र ‘तथ्यमा आधारित नीति निर्माण’ लाई दीर्घकालीन नीतिका रुपमा प्रस्ताव गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।