Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/MG_1761-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सिन्धुपाल्चोक बाढी पहिरो पिडितको लागि शंखरापुर नगरपालिकाले १० लाख सहयोग गर्ने

कपन अनलाइन 

काठमाडौँ, असार ५  शंखरापुर नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको  मेलम्ची नगरपालिका र  हेलम्बु गाउपलिकाको विपद राहत  कोषमा  ५ /५  लाखको दरले रु दश लाख  प्रदान गर्ने भएको छ । २०७८ साल असार १ गते अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपलिका र मेलम्ची नगरपालिकामा मेलम्ची खोला तथा इन्द्रावती नदीमा आएको बाढीले धनजनको अकल्पनीय क्षति पुग्न गएको हुँदा राहत स्वरूप मेलम्ची नगर पालिका तथा हेलम्बु गाउपलिकको विपद राहत कोषमा ५/५ लाखको दरले रु दश लाख लाख रुपैया शंखरापुर नगरपालिकाको   तर्फ बाट सहयोग गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले  कपन अनलाइनलाइ जानकारी गराए।

 

सिन्धुपाल्चोकको मेलम्चीसँग  शंखरापुर नगरपालिकाको मित्रवत  सम्वन्ध रहेका साथै विपतको बेला मानवीय नाताले पनि  सहयोग गर्न पर्ने  दायिव्त्वबोध गर्दै सहयोग गर्न लागिएको  जानकारी गराएका छन ।उक्त प्राकृतिक  प्रकोप बाट घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित  मृत्यु भएका दिवंगत ब्यक्तिहरु प्रति  हार्दिक श्रद्दान्जली  एबम  शोक सन्तप्त परिवार प्रति समबेदना समेत ब्यक्त गरेका छन  ।

तपाइँको प्रतिक्रिया ।