बाढि प्रभावितलाइ वाइसिएल नेपालको राहत

कपन अनलाइन

काठमाण्डौ,असार ५।

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित बाढि प्रभावित क्षेत्र पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आज मेलम्ची , हेलम्बू चनौटे पुगेका हुन् l
वाइसिएल नेपाल केन्द्रीय समितिले बाढि प्रभाबित क्षेत्र  हेलम्बू चनौटे लगायत स्थान पुगी बाढि प्रभाबित बासिन्दालाई खान पकाउने प्रेसरकुकर ,कडाइ, थाल ,कचौरा, जग ,डाडु ,पनियो, थाल सेट लगायत प्रत्यक घरलाई तत्काल आबश्यक सामग्री उपलब्ध गराईएको अध्यक्ष दीपशिखाले जानकारी दिए ।
हिजोमात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाईसियल नेपाल केन्द्रीय समितिले `विपद राहत कोष’ खडा गरेको थियो । उक्त कोष मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भईसकेको वाइसिएलले जनाएको छ । देश तथा विदेशमा रहनुहुने शुभेच्छुकहरुलाई विषम परिस्थितिमा जुध्न एकजुट हुदै सक्ने जति आर्थिक सहयोग गर्न आग्रह गरेको थियो l

तपाइँको प्रतिक्रिया ।