मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन वटा विषय पढाउने अनुमति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन वटा विषय पढाउने अनुमति

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षमा नै तीन वटा विषय पढाउने अनुमति पाएको छ।

प्रदेशको प्राथमिकतामा रहेको प्रतिष्ठानले चालू शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षा आयोगबाट कक्षा सञ्चालनको अनुमति पाएको हो । अब प्रतिष्ठानमा स्नातक पब्लिक हेल्थ, स्नातक फार्मेसी, ल्याब टेक्नोलोजी विषय अध्यापन हुने भएको हो ।

स्नातक पब्लिक हेल्थ (BPH) को २० सिट, स्नातक फार्मेसी ( Bpharm) र ल्याव टेक्नोलोजिष्ट ( Bsc MLT) ३०-३० सिटको अनुमति पाएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।