काठमाडौँमा डोजर लगाउने कार्यमा रोक

काठमाडौँमा डोजर लगाउने कार्यमा रोक

कपन अनलाइन

काठमाण्डौ ,असार १।

काठमाडौँ जिल्लाको जिल्ला बिपद् व्यवस्थापन समितिले विना स्वीकृति डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले विना स्वीकृति डोजर लगाउँदा प्राकृतिक प्रकोपका खतरा देखिएको भन्दै विना स्वीकृति डोजर लगाउने कार्यलाई रोक लगाउने निर्णय गरेको हो । बैठकले मनसुनका बेला हुन सक्ने बिपत न्यूनीकरणका लागि सबै स्थानीय तहले विपद् व्यवस्थापन सम्बन्धी प्रतिकार्य योजना बनाइ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले विपद्को न्यूनीकरणको लागि सबै निकायहरूबिच एक आपसमा समन्वय गरि सूचना सङ्कलन, पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापन कार्य प्रभावकारी बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकार काली प्रसाद पराजुलीले जानकारी दिए । त्यस्तै कोरोना नियन्त्रणका लागि सबै स्थानीय तहमा परीक्षणको दायरा बढाउनुका सार्थ आवश्यक जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए ।

बैठकले गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको मनसुनजन्य विपद्को पूर्वतयारी सम्बन्ध निर्देशनलाई पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।