गोकर्णेश्वरका बिभिन्न स्थानमा कोरोना सचेतना जगाउन नेपाल स्काउटको हेल्प डेस्क

गोकर्णेश्वरका बिभिन्न स्थानमा कोरोना सचेतना जगाउन नेपाल स्काउटको हेल्प डेस्क

कपन अनलाइन

काठमाडौं,असार १। सामाजिक सेवामा सक्रिय संस्था नेपाल स्काउटले कोरोना भाइरस महामारीको क्रममा पनि आफ्नो सेवालाई यथावत् सञ्चालनमा ल्याएको छ । महामारीको समयमा कोरोना संक्रमणका कारण बिरामी भएका मात्रै नभएर कोरोना नलागेका बिरामीको उपचार र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण जस्ता काममा आफ्ना स्वयंसेवकहरू परिचालन  गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत नेपाल स्काउटका स्वयंसेवकहरु गाउँ शहरका मुख्य चोक र बस्तीहरुमा गई प्रत्यक्ष संवाद गरी जनचेतना फैलाउने कार्य  गर्दै आएको छ भने खोप अभियानमा समेत स्वयम् सेवकको रुपमा सहजीकरण गर्दै आएको छ।

नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिको आयोजनामा कोभिड -१९  विरुद्ध १५ दिने जनचेतनामुलक  अभियान  अन्तर्गत गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा  हेल्पडेस्क संचालनमा ल्याएको छ  । कोरोना सम्बन्धी जनचेतना र स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरेको नेपाल स्काउट बागमती प्रदेश अन्तर्गतको गोकर्णेश्वर नगर समितिका संयोजक सुदर्शन बजगाईले कपन अनलाइनलाइ जानकारी गराए   ।

उनका अनुसार गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा माइकिंग मार्फत जन चेतना जगाउदै आएको र  उक्त अभियानमा बिभिन्न ब्यक्ति तथा संस्थाहरुले समेत सहयोग गरिरहेको बताए । गोकर्णको प्रहरी चौकी,गोकर्णेश्वर ४, को शंखडोल चोक गोकर्णेश्वर ९ ,गोकर्णेश्वर ५ को जोरपाटी चोक र दक्षिण ढोका चोक, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ को माकलबारीमा र मेडिकल कलेज चोकमा हेल्प डेस्क संचालनमा ल्याएको जानकारी गराएका छन । प्रत्येक  हेल्प डेस्कमा ३ जना स्काउट सदस्य खटिएको जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।