विश्व रक्तदाता दिवसको अवसरमा  मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले रक्तदान गर्ने

विश्व रक्तदाता दिवसको अवसरमा  मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौँ, जेठ ३० ।विश्व रक्तदाता दिवसको अवसरमा  मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले रक्तदान गर्ने भएको छ। जेठ ३१ गते सोमबार दक्षिण ढोका शान्ति बाटिकामा बिहान १० बजे देखि १ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा  मापदण्ड अपनाई सुरक्षित तवर बाट हुने उक्त   रक्तदान कार्यक्रमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

कोभिड–१९ का कारण  जारी भएको  निषेधाज्ञाको कारण  राजधानीसहित देशका धेरै  जसो स्वास्थ्य केन्द्रहरुमा रगतको अभाव  हुन नदिन  विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गर्न लागिएको भएपछि आकस्मिक रक्तदान गरिन लागिएको मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका  सचिव इश्वर पुडासैनीले जानकारी गराए ।थप जानकारीको लागि   नानीकाजी गिरिलाइ  ९८४१५२२९३३मा सम्पर्क गर्न सकिने  आयोजकले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।