दक्षिणकाली नगरपालिकाकी उप प्रमुख बसन्ती डंगोल तामाङ द्वारा खोप केन्द्रको अनुगमन

दक्षिणकाली नगरपालिकाकी उप प्रमुख बसन्ती डंगोल तामाङ द्वारा खोप केन्द्रको अनुगमन

कपन अनलाइन

काठमाडौँ, जेठ ३० । दक्षिणकाली नगरपालिकाकी उप प्रमुख बसन्ती डंगोल तामाङले खोप केन्द्रको अनुगमन गरेकी छिन ।नगरपालिकाको शेषनारायण स्वास्थ्य चौकीमा  कोभिड–१९ विरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा ६० देखि ६४ वर्षसम्मका ब्यक्तिहरुलाई मंगलबार देखि खोप लगाउन  शुरु गरेको हो । नगरपालिकाको शेष नारायण स्वास्थ्य चौकी बाट सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सुरक्षित तवर बाट कोरोना बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइदै आएको छ।

  जेठ २५ गते बाट शुरु भएको सो खोप अभियान आज सम्म जारि रहेने र आज छुटेकाहरुलाई लगाउने नगरपालिकाले जनाएको छ। खोप कार्यक्रम सुरु भएपछि केन्द्रमा खोप लिन आउने सेवाग्राही र खोप दिने स्वास्थ्यकर्मी तथा कर्मचारी र स्वयमसेवकहरुको कुरा सुन्न  र खोप कार्यक्रमको अनुगमनको  लागि नगर  उप प्रमुख  जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोलि नगरपालिकाको खोप केन्द्रमा पुगेका थिए ।अनुगमन पश्चात  नगर उप प्रमुख बसन्ती डंगोल तामाङले खोप केन्द्रको  व्यवस्थापन राम्रो भएको, सेवाग्राहीले सुरक्षित सेवा पाएको अनुभूति गरेको प्रतिक्रिया दिएको जानकारी गराएकी छिन ।

तपाइँको प्रतिक्रिया ।