खहरे कुवा गोकर्णेश्वर ६ को पुनर्निर्माण सम्पन्न
कपन अनलाइन
काठमाडौं, जेठ ३० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ मिलनचोक स्थित खहरे मार्गको खहरे कुवाको पुनर्निर्माण सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ले करिब ५ लाख रुपैयाको लागतमा खहरे कुवाको पुननिर्माण गरेको हो।
शनिबार एक कार्यक्रमका बीच ऊक्त पुनर्निर्मित कुवाको वडा अध्यक्ष रमेश अर्याल उद्घाटन गरेका हुन उक्त कार्यक्रममा वडा सदस्य नवराज लामाले मिलनचोक टोल सुधार समितिका अध्यक्ष डी एन सिवाकोटी खहरे कुवाको पुनर्निर्माणसमितिका अध्यक्ष दुर्गानाथ सिवाकोटी सचिब द्रोण प्रसाद चौलागाई ,लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष रमेश अर्यालले अस्तित्व नै मेटिसकेका पुरातात्त्विक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका थिए । उनले आगामी दिनमा पनि यसै गरि विकास निर्माणको काममा सहयोग रहने जानकारी गराएका थिए ।