असहायलाई अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलालको सहयोग जारी

असहायलाई अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलालको सहयोग जारी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३०।

कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भए पश्चात कठिनाईमा परेका असहायहरुलाई पूर्व राष्ट्रिय खेलाडी एवं अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष राजेन्द्र दुलाल र पत्नी समिक्षा दुलालको सहयोग जारी रहेको छ ।
सोही क्रममा दुलाल दम्पतीले अमेरिकाको क्यालिफोर्नियामा रहेका बालसखा महेन्द्र राज पाण्डेको समेत सहयोगमा शनिबार अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । दुलाल दम्पतीले लगनखेलस्थित सम्बन्ध आश्रममा रहेका २० जना अनाथ बालबालिकाको परिवार र बुढानिलकण्ठस्थित सृजना सामाजिक सेवा समाजका २५ अनाथ बालबालिकाहलाई २÷२ बोरा चामल, वाईवाई एक एक कार्टुन, दुई दुई लिटर तेल (सनफ्लावर), चार चार प्याकेट नुन, दुईदुई कार्टुन बिस्कुट र एक एक केजी सोयाविन मस्यौरा र पानीहरु प्रदान गरेका छन् ।
दुलाल दम्पतीले पहिले पनि असहायहरुलाई सहयोग गर्दै आईरहेका छन् । यस असहज परिस्थितीमा असहाय र कठिन अवस्थामा रहेकाहरुलाई सानो सहयोग गर्न अग्रसर भएका हौं । यसका साथै जानकारी प्राप्त गरेको खण्डमा अन्य असहायहरु, खेलाडी, खेलकर्मी र खेलपत्रकार साथीहरुलाई पनि सहयोग गर्न तयार छौ ठमेल पर्यटन बिकास परिषदका सदस्य समेत रहेका राजेन्द्र दुलालले बताए ।

तपाइँको प्रतिक्रिया ।