बागमती प्रदेसमा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न नेतृ अस्टलक्ष्मी शाक्यको निर्देशन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २९।
नेकपा एमालेकी नेतृ अस्टलक्ष्मी शाक्यले बागमती प्रदेस सरकारले प्रदेस सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएकी छन।
नेकपा एमाले बागमती प्रदेसका मुख्य मन्त्रि तथा दलका नेता डोरमणि पौडेलको अध्यक्षतामा जेष्ठ २९ गते हेटौडामा बसेको बैठकमा बोल्दै उनले सो निर्देशन दिएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिएका छन।
मुख्यमन्त्री पौडेलले वर्तमान समयमा देखिएका समस्यमा हरुका वारेमा जानकारी गराउदै पक्षमा मतदान गर्नका लागि अपिल गरेको बैठकमा बोल्दै शाक्यले सरकारको पक्षमा उभिन आव्हान गरेको निरौलाले बताए।
त्यस्तै उक्त बैठकले प्रदेस सभा सदस्य नरोत्तम बैधले दिएको अराजनीतिक अभिव्यक्ति भर्त्सना योग्य रहेको निस्कर्ष निकाल्दै सो अभिव्यक्तिलाई रेकर्ड बाट हटाउन र लिखित रुपमा माफि माग्नुपर्ने माग गरेको थियो।
संसदीय दलका निर्णय सार्वजनिक गर्दै मुख्य सचेतक दीपक निरौला :