नागार्जुन नगरपालिकालाइ साथी संस्थाको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाडौं, जेठ २९ ।नागार्जुन नगरपालिकालाइ साथी संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नागार्जुन नगरपालिकामा  विश्वव्यापी महामारीको रूपमा फैलिएको  कोरोना रोकथाम  नियन्त्रण तथा संक्रमितको उपचारमा सहयोग होस् भन्ने हेतुले शुक्रबार  स्वास्थ्य सामाग्री नगर उप प्रमुख सुशिला  अधिकारीलाइ  प्रदान गरेको हो। संस्थाले नागार्जुन नगरपालिकालाई के एन मास्क ५० थान, सर्जिकल मास्क २ हजार थान, गाउँ २५ थान ग्लोब्स सय जोर तथा फेस शिल्ड १० पिस प्रदान गरेको नगरपालिकाले जानकारी गराएको छ।

सामग्री बुझ्दै नगर  उप प्रमुख सुशिला अधिकारीले विषम परिस्थितिमा गरेको सहयोगको लागि साथी संस्थालाई  धन्यवाद दिदै  कोरोना भाइरस को महामारीको बेलामा  समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व हुने बताइन। उनले  कोरोना भाइरसवि रुद्धको अभियानमा प्राप्त सामग्री महत्वपूर्ण हुने बताएकी थिइन   ।

तपाइँको प्रतिक्रिया ।