माधव नेपाल पक्षधर अनेरास्ववियुलाई गगन थापाको प्रवचन

माधव नेपाल पक्षधर अनेरास्ववियुलाई गगन थापाको प्रवचन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २७।

नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेकपा एमाले माधव नेपाल पक्षधर अनेरास्ववियुलाई प्रवचन दिएका छन।

अनेरास्ववियु समानान्तर कमिटीका अध्यक्ष सुदेस पराजुली को अध्यक्षतामा भएको वर्तमान संकट,भावी चुनौती र विद्यार्थी संगठनको भूमिका विषयक प्रवचन कार्यक्रममा थापाले २०६२/६३ को वेलाको स्मरण गर्दै २०७८ मै यसरी बहस गर्नुपर्ने वेला आउछ जस्तो नलागेको बताएका छन।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरेका थापाले अहिलेको अवस्था आउला भन्ने कहिले पनि नसोचेको बताउदै लेखनाथ न्यौपाने र राम कुमारी झाक्री संगै कार्यक्रममा आउदा नोस्टाल्जिक बनेको अनुभव सुनाएका थिए।

सर्वोच्च अदालत बाट संविधान सभा पुनर्स्थापना जसरि पनि हुने देखेको बताउदै उनले संविधानमा भएको प्रहारले धेरै किसिमका घाउहरु बनाएको धारणा राखेका छन।

संसद पुनर्स्थापना भए पछी गठबन्धन सरकार बन्ने भविष्यबाणी गर्दै उनले त्यस पश्चात अहिले देखिएको राइट पपुलिस्ट प्रवृति विरुद्ध झन् कठिन लडाई लड्नु पर्ने धारणा व्यक्त गरेका थिए।

अनेरास्ववियुका नेतृत्वदायी  नेताहरु बाट “दाइ ” सम्बोधन सहित निकै न्यानो शव्द स्वागत पाएका उनले आफ्नै पार्टीका प्रधानमन्त्रीको चर्को आलोचना गर्दा विद्यार्थी नेताहरुले भने अमिलो मनले प्रवचन सुनेको एक केन्द्रीय सदस्यले बताएका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।