विभिन्न संस्थाहरुद्धारा अक्सिजन सिलिन्डर सहित स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

विभिन्न संस्थाहरुद्धारा अक्सिजन सिलिन्डर सहित स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बाल विकास समाज काठमाण्डौले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग साथै काठमाडौं महानगरपालिका वडां न. १६ र कीर्तिपुर नगरपालिकाको समन्वयमा बालसंरक्षण तथा समुदायमा आधारित बाल स्पोन्सरसिप परियोजना सञ्चालन गरिरहेको छ । विश्वको विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टको दोसा्रे लहरको कोरोना भाइरस संक्रमण दर तिब्र रुपमा बढी रहेकै छ ।

कोरोना भाइरसबाट कयौ बालबालिका लगायत अन्य व्यक्तिहरु पनि संक्रमित भैरहेका छन । माहामारीको अवस्थामा राज्यलाई महामारी नियन्त्रण गर्नका लागि थप सहयोग पुग्ने उद्देश्यका साथ वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग तथा बाल विकास समाज र असल छिमेकी नेपालको संयुक्त साझेदारीमा काठमाडौं महानगरपालिका १६ लाई १५ थान र कीर्तिपुर नगरपालिकालाई २५ थान अक्सिजन सिलिन्डरसहित आवश्यक स्वास्थ्य सामग्री बाल विकास समाज र वल्ड भिजन नेपालका प्रतिनिधिले का.मा.नपा. १६ का वडा अध्यक्ष मुकुन्द रिजाल र कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जन तथा उपप्रमुख सरस्वती खड्कालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा काठमाडौ महानगरपालिका १६ का वडा अध्यक्षले यस्तो महाव्यधिको समयमा संस्थाले अक्सिजनसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद भन्दै यो सामग्री रुकुमको जनमैत्री अस्पताललाई बुझाउने कुरासमेत बताउनु भएको थियो । जनमैत्री अस्पताल पत्रकार रवि लामिछानेको अगुवाइमा रुकुमको रास्कोटमा निमार्ण भएको हो ।

सो कार्यक्रममा पत्रकार रवि लामिछानेकोसमेत उपस्थिती रहेको थियो । यसैगरी कीर्तिपुर नगरपालिकाका नगरप्रमुखले महामारीको समयमा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा संस्थाप्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा वल्डभिजनका सुरेन्द्र रत्न साक्य, विनय चौहान, गरिमा चौलागाई र बाल विकास समाजका प्रदिप श्रेष्ठकोसमेत सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।