चन्द्रागिरिमा रहेकाे आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण

चन्द्रागिरिमा रहेकाे आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण

कपन अनलाइन

काठमाडौं, जेठ २६  । नेपाली काँग्रेसकाे चन्द्रागिरि र भातृ संगठन तरूण दलले चन्द्रागिरिमा रहेेका संक्रमितलाई उपचार र आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण गरेकाे छ । चन्द्रागिरि नगर समितिका पदाधिकारी र तरूणका युवाहरूले वडा अध्यक्ष द्वय  कृष्ण प्रसाद खड्की र दुर्गालाल महर्जनलाई उक्त सहयाेग रकम हस्तान्तरण गरेका हुन ।

नेपाली कॅाग्रेस चन्द्रागिरि नगर समितिका उपसभापति कृष्ण महर्जन सचिब राजेन्द्र बिक्रम बानिया, वडा नं.१२का वडा अध्यक्ष प्रकाश श्रेष्ठ ,धर्मान्नद श्रेष्ठ, प्रधान अध्यापक कबिन्द्र गोपाली नेपाल तरूण दल चन्द्रीगिरि नगर समितिका उपाध्यक्ष राम अधिकारी ,सचिब सुरेन श्रेष्ठ लगायतकाे उपस्थितिमा सहयाेग रकम हस्तान्तरण गरिएकाे थियाे ।

नेपाली काँग्रेस चन्द्रागिरिका सचिव राजेन्द्र बिक्रम बाँनियाले अस्थाई आईसोलेशन सेन्टर बलम्बुमा नेपाल तरूण दल काठमाण्जौ जिल्ला संगगठ बिभाग सदस्य नबिन महर्जनले ५१ हजार आईसोलेशन संचालक समितिको अध्यक्ष बिकास महर्जनज्यूलाई हस्तान्तरण गरेकाे बताए । त्यसतै चन्द्रागिरि नगर समितिका सल्लाहकार एबम् समाजसेबी बसन्तलाल महर्जन बाट वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद शाही,चन्द्र बहादुर गोपाली समेतको रोहबरमा आईसोलेशन संचालक तथा वडा अध्यक्ष दुर्गालाल श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरिएकाे थियाे ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।