नयाँबस्ती घटना अपडेट:घटनास्थलको ५ सय मिटर पर जलेको शवको अवसेष भेटियो

नयाँबस्ती घटना अपडेट:घटनास्थलको ५ सय मिटर पर जलेको शवको अवसेष भेटियो

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष फेला परेको छ । नयाँबस्थितस्थित नौ तलेमा मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो ।

सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा भेटिएका  दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । हत्या गरेर जलाएपछि सो शव त्यहाँ ल्याएर फ्याँकिएको  निष्कर्ष निकालेर प्रहरीको अनुसन्धान गरिरहेको छ  ।

शवको पहिचान र घटनास्थलका वारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाइँको प्रतिक्रिया ।