निषेधाज्ञा उल्लंघन गरि सडकमा निस्केका ३ हजार १ सय ८० वटा सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गरि सडकमा निस्केका ३ हजार १ सय ८० वटा सवारी साधन नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ   ,जेष्ठ २६।

गत २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरि सडकमा निस्केका ३ हजार १ सय ८० वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले समातेकामध्ये ९ सय ७० वटा चार पाङ्ग्रे गाडी र २ हजार २ सय १० वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई प्रहरीले आवश्यक सोधपुछ पश्चात छोड्ने गरेको छ ।

यता, निषेधाज्ञा तोड्ने ५ सय ७७ जनालाई कारबाही गरिएको छ । प्रहरीका अनुसार उनीहरुलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५९ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ४ हजार ५३ जनालाई सम्झाई बुझाई छाडिएको प्रहरीले जानकारी दिएको छ । साथै देशभर सञ्चालित ८२ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार १ सय ९ जनालाई सचेत गराइएको छ ।

त्यस्तै, प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ६५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ५३ हजार ९ सय ८१ जनालाई फ्रिमा मास्क वितरण गरिएको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।