राष्ट्रिय जेष्ठ नागरिक कोष र नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा कविता बाचन प्रतियोगिता हुने

राष्ट्रिय जेष्ठ नागरिक कोष र नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा कविता बाचन प्रतियोगिता हुने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

राष्ट्रिय जेष्ठ नागरिक कोष र नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा असार १ गते  जेष्ठ नागरिक दुर्व्यवहार बिरुद्द सचेतना बिषयक कविता बाचन प्रतियोगिता हुने भएको छ ।

समाजमा जेष्ठ नागरिकको सम्मानको लागि आजैबाट ससाना बालबालिकालाइ अभ्यस्त गराउनको लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेसनल प्याव्सन अध्यक्ष खडग बहादुर बस्नेतले बताएका छन  ।

उनले  जेष्ठ नागरिकहरु माथी कतिपय स्थानहरुमा अपमानजनक शव्दहरु प्रयोग भएको र आगामी दिनमा यस कार्यक्रमले यस्तो प्रकारको गलत काम रोक्न दिर्घकालिन सकारात्मक असर राख्ने विस्वास ब्यक्त गर्दै प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन।

एन प्याव्सन काठमाण्डौ सन्चार विभाग प्रमुख राजन श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई अहिलेको  व्यस्त समयमा उचित हेरचाह गर्न  नसकेको उनिहरुको सम्मान तथा हेरविचारमा आउने पुस्तालाई  संस्कार सिकाउनका लागि कार्यक्रम फलदायी हुने बताएका छन  ।

प्रतियोगिता  लागि जेठ २८ गते ४ बजे सम्म आफ्नो बिद्यालयको नाम दर्ता गरि कार्यक्रम सफल बनाउन महत्वपुर्ण सहयोग गर्न हुन समेत एन प्याव्सनले सदस्य विद्यालयहरुलाई  अनुरोध गरेको छ।
कार्यक्रम बिबरण:
प्रतियोगता हुने मिति :०७८ असार १ गते
बिधा : कविता बाचन
विषय  : जेष्ठ नागरिकलाइ हुने दुर्व्यवहार सम्वन्धी सन्देशमुलक
बाचन समय : बढीमा ४ मिनेट
सहभागी सिमाः कक्षा १० सम्मका भाइबहिनीहरु
सहभागी संख्या : १ जना मात्र
पुरस्कार : प्रथम नगद ८००० ट्रफी तथा प्रमाण पत्र,दितीय : नगद रु ६००० ट्रफी तथा प्रमाण पत्र, तृतीय : नगद रु ४००० ट्रफी तथा प्रमाण पत्र , चैथौ: ४ जनालाइ जनही रु १००० र प्रमाण पत्र
दर्ता गर्ने अन्तिम समय : जेठ २८ गते दिनको ४ बजे भित्र
थप जानकारीको लागि ९८५१२३७४६७ वा ९८५१०११६६९ मा सम्पर्क गर्न सकिनेछ।

तपाइँको प्रतिक्रिया ।