गाम्नाङटार स्वास्थ चौकीलाई बुढानिलकण्ठ -३ का अध्यक्ष द्वारा अक्सिजन कन्सनट्रेटर प्रदान

गाम्नाङटार स्वास्थ चौकीलाई बुढानिलकण्ठ -३ का अध्यक्ष द्वारा अक्सिजन कन्सनट्रेटर प्रदान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बुढानिलकण्ठ नगरपालिका वडा न.३ का वडा अध्यक्ष  बालकृष्ण श्रेष्ठले ओखलढुंगा जिल्ला लिखु गाउँपालिकाको   गाम्नाङ्टार स्वास्थ चौकिको लागि दुइटा अक्सिजन कन्सनट्रेटर प्रदान गरेका छन ।

हाल देशमा कोभिड -१९ र नयाँ भेरियन्टहरुको महामारी बिच श्वासप्रश्वासमा समस्या देखिएका कोभिडको बिरामीहरुलाइ अक्सिजन अभाव देखिएको समयमा बुढानिलकण्ठ -७ निवासी घनश्याम बस्नेतले गाम्नाङ्टार स्वास्थ चौकिमा अक्सिजन अभाव भएको कारण कन्सन्टेटर सहयोग उपलब्ध गराइदिनु आग्रह गरेपछि  बुनपा-७ का  युवा समाजसेवी दिपु बस्नेतको समन्वयमा बालकृष्ण श्रेष्ठले “TZU CHI CHARITY FOUNDATION” को सहयोगमा गाम्नाङ्टार स्वास्थ्य चौकिका  लागि कन्सनट्रेटर प्रदान गगरेका हुन ।

श्रेष्ठले यस अघि पनि बुढानिलकण्ठ नगरपालिका भित्रका सबै स्वास्थ चौकिहरुलाइ कन्सनट्रेटर उपलब्ध गराइसकेका छन ।केही दिन अगाडि सोही स्वास्थ चौकिलाइ स्वास्थ सामाग्री उपलब्ध गराएका गाम्नाङटार र बुढानिलकण्ठमा रहेर विभिन्न सामाजिक कार्यमा सकृय रहनुभएका घनश्याम बस्नेतले  अक्सिजन कन्सन्टेटर पनि उपलब्ध भएकोमा खुसी व्यक्त गर्दै बालकृष्ण श्रेष्ठलाई आभार  प्रकट गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।