बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २६।

बहुबिवाह मुद्दाका फरार प्रतिवारी बढैयाताल गाउँपालिका-८ पहाडीपुर बस्ने ३५ वर्षीय टिकाराम बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत पर्वतको २०७४ असार १ गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखरी बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बर्दीयामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।