मिडिया नियन्त्रण गरेर एमाओवादीलाई बदनाम गरेको बाबुरामको आरोप

कपन अनलाइन\माघ ८, २०७१

एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले हिटलरी शैलीमा नेकपा एमाले र नेपाली काँग्रेसले मिडियामाथि नियन्त्रण जमाई आफ्नो पार्टीको बदनाम गरेको आरोप लगाएका छन् । मंगलबार पार्टीका कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा भट्टराईले सत्तापक्ष भएकै आडमा मिडियामाथि अधिपत्य जमाइ आफ्नो पार्टीलाई संविधान विरोधी बिल्ला भिराउन खोजेको बताएका थिए । संविधानसभाको जन्म गराउने माओवादीलाई नै संविधान सभाको विरोधी भन्नु सरासर झुट रहेको उनले स्पष्ट पारे ।

 

संविधान सभा जन्माउने आमाको भूमिका माओवादीले खेलेको भएपनि पछिल्लो समयमा आएर सत्तापक्षका दलहरूले नक्कली आमाको भूमिका निभाउन खोजेको भन्दै कार्यक्रममा भट्टराईले झुट थुपारेर पार्टीको बदनाम गराउन खोज्ने अरू कोही नभएर यथास्थितिवादी रहेको बताएका थिए । परिवर्तन नचाहने शक्तिहरूले माओवादीको बदनाम गर्ने दुष्प्रयास गरेको भएपनि माओवादी देश र जनताको हकहितका कुरामा पछि नहट्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।