संबिधानसभा तोडफोडको छानबिन गर्न समिति गठन

संबिधानसभा तोडफोडको छानबिन गर्न समिति गठन

कपन अनलाइन\माघ ८, २०७१

सोमबारको मध्यरातमा भएको तोडफोडको छानबिन गर्न छुट्टै समितिको गठन भएको छ । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । मध्यरातमा भएको संविधानसभा बैठकमा आक्रोशित भएका एमाओवादी सभासद्हरूले तोडफोड गरेका थिए । कुर्सी फालाफाल र जुत्ता हानाहान भएको सो दिन झण्डै ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

6029654-3x2-700x467

संसद सचिवालयका सचिव ठाकुर प्रसाद बराल, सह—सचिव मुकुन्द शर्मा लगायतका सदस्य रहेको छानबिन समितिलाई जतिसक्दो छिटो प्रतिवदेन बुझाउने जिम्मा दिइएको छ । तोडफोडबाट भएको क्षतिको यकिन विवरण आइसकेपछि सम्बन्धित व्यक्तिबाटै क्षतिपूर्ति तिराइने सचिवालय प्रवक्ता मुकुन्द शर्माले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।