सामाजिक शिक्षा विषय अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुलाई नेसनल प्याव्सन काठमाडौंको तालिम

सामाजिक शिक्षा विषय अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुलाई नेसनल प्याव्सन काठमाडौंको तालिम

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

नेसनल प्याव्सन काठमाडौंले सामाजिक शिक्षा विषय अध्यापन गर्ने शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको छ। नेसनल प्याव्सन काठमाडौं र गिनिज पब्लिकेसनको संयोजनमा भएको एक दिने तालिममा पुर्बको मोरङ देखी पश्चिम कैलाली बाट २७५ जना शिक्षक शिक्षिकाहरुको सहभागी रहेका थिए।

सामाजिक शिक्षा विषयको पाठ्यक्रम,Grid, Objectives, Classroom Activities,Evaluation र Integrated Curriculum मा केन्द्रित तालिममा  सामाजिक कल्याण परिषद जेष्ठ नागरिक कोषका अध्यक्ष  बसन्तराज कार्की, नेशनल प्याब्सनका पुर्ब वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, प्रशिक्षक तथा सामाजिक पाठ्यक्रम डिजाईनर महेन्द्र बिष्ट तथा दिनेश अर्याल, नेशनल प्याब्सन केन्द्र,प्रदेश,जिल्ला तथा नगरपालिका अध्यक्षहरु ,गिनिज पब्लिकेसन्सका अध्यक्ष बिष्णु प्रसाद पौडेल, काठमाडौ जिल्ला अध्यक्ष खडक बस्नेत,सचिब अमृत खड्का, सह कोषाध्यक्ष बिनय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।