शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३५१ पुग्यो ,कुन वडामा कति संक्रमित ?

शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको शंख्या ३५१ पुग्यो ,कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौँ,जेठ २३। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ  २२ गते सम्ममा १५४जना महिला र १९७ जना पुरुष गरि कुल ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ४३ जना महिला र ५८ जना पुरुष गरि १०१ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ९जना पुरुष र ६ जना महिला गरि १५जनाको कोरोनाको कारण मृत्यु भएको छ भने  १०५ जना महिला र १३० जना पुरुष गरि २३५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ४१ जना महिला र ५४ जना पुरुष गरि कुल ९५  जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र ४ जना पुरुष गरि कुल ६ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

शंखरापुर नगरपालिकाका कुन वडामा कति संक्रमित?

वडा नं १ मा ७ महिला र १९पुरुष गरि कुल २६ जना

वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना

वडा नं३ मा १५ जना महिला र २५ जना पुरुष गरि कुल ४० जना

वडा नं ४ मा १५ जना महिला र १४ जना पुरुष गरि कुल २९ जना

वडा नं ५ मा १० जना महिला र १४ जना पुरुष गरि कुल २९ जना

वडा नं ६ मा ३९ जना महिला र ३७ जना पुरुष गरि कुल ७६ जना

वडा नं ७ मा २० जना महिला र २४जना पुरुष गरि कुल  ४४जना

वडा नं ८ मा १३ जना महिला र १८ जना पुरुष गरि कुल ३१ जना

वडा नं ९ मा १४ जना महिला र २४ जना पुरुष गरि कुल ३८ जना त्यसै गरि अन्यमा ११ जना महिला र ११ जना पुरुष गरि कुल २२ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म  ७६ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।