ओखलढुंगाका दुई समाजसेवीहरुको पहलमा सुनकोशी ७ र ८ का विपन्न परिवारलाई सहयोग

ओखलढुंगाका दुई समाजसेवीहरुको पहलमा सुनकोशी ७ र ८ का विपन्न परिवारलाई सहयोग

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ २३।

ओखलढुंगा जिल्लाका समाजसेवी यज्ञ बहादुर बस्नेत र युवा संघ नेपालका केन्द्रीय सदस्य  सन्तोष बस्नेतको पहलमा सुनकोशी गाउँपालिका वडा नं ७ र ८ का विपन्न परिवारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ।

नातामा शाला भिनाजु पर्ने बस्नेतहरुले सहयोग गरेको  १५ बोरा चामल ,६ हजार मास्क र ८ सय थान साबुन नेकपा एमाले प्रदेस -१ कमिटी सदस्य हंशराज वाग्ले , सुनकोशी वडा नं ७ का श्याम कटवाल , वडा नं ८  अध्यक्ष गुण प्रसाद भट्टराई लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

कोरोना प्रकोपको विषम समयमा सबैले सहयोग र पहल गर्नुपर्ने भन्दै सन्तोष कुमार बस्नेतले आगामी दिनमा अझै सहयोग गर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।