अल्पकालीन समाधान बैदेशिक रोजागार
कपन अनलाइन
काठमाडौँ, जेठ २२ / अमर प्रकाश तिवारी
देशमै उल्लेखनीय रोजगार सिर्जना नहुनु र बार्षिक पाच लाख युवा जनसक्ति श्रमको लागि तयार हुनुका साथै अवकास र बैदेशिक रोजगारबाट फर्किनेको संख्यापनि करिबन एकलाख भन्दा बढी हुनुले आगामी वर्ष देखि रोजगारको समस्या व्यापक हुने देखिन्छ । गत वर्ष साहित् यो वर्ष समेत जोड्दा करिबन १२ लाख् नया युवा श्रम बजारमा आएको छन् । तथ्यलाइ केलाउदा नेपालमा कोरोना महामारीकै कारण २५ लाखले प्रत्यक्ष रोजगार गुमाएक छन् भने नया युवा र रोजगार गुमाएका संख्यालाई जोड्दा करिबन ३७ लाख जति युवाहरु अहिले श्रम बजारमा बेरोजगार देखिएको छ । यद्यपी हाल बैदेशिक रोजगारका माग फाट्ट फुट्ट देखिएता पनि यसले पूर्ण ब्यबस्थित तबरले गति लिन अझै बर्षौ लाग्न सक्ने कुरो बिज्ञ बताउछन् ।
सीमित रोजगारीका अवसर सिर्जना भइरहेको र नेपाल सरकारले रोजगार क्षेत्रमा अदुरदर्शी र धमिलो दृष्टिकोण अपनाईरहेको हुदा उत्पादन भएका लाखौ युवा अलपत्र पर्ने देखिन्छ । कोरोना र निषेधाज्ञाले वर्तमान समय शान्तिपूर्ण देखिएता पनि कोरोना महामारी अन्त्य संगै यो बेरोजगार महामारीले देश आक्रान्त हुने पक्का ठम्याई विज्ञहरुको रहेको छ । यस्तो बिकराल अबस्थालाई राज्यले कुनै ठोस योजना बनाएको छैन नै । र पनि केहि हद सम्म यो आउने समस्या समाधानको अल्पकालीन समाधान भने बिदेशीक रोजगारी नै हुने कुरोमा दुबिधा नरहेको जानकारहरु बताउछन ।तसर्थ यो अनियन्त्रित रूपमा बढ्ने बेरोजगारको छोटो समयमा छोटो समयको लागी, समाधान हुने भने कै “बैदेशिक रोजगारी” हो र यो एक मात्र विकल्प रहेको छ तर राज्यले भर्खरै को बजेट भाषणमा यो कतै बाट सम्बोधन नगरिनु र राज्यले यस क्षेत्रमा लाग्नेहरुलाई ठुलो धनरासी लगानी गर्न लगाई बेवास्ता गरेर, पक्षपात गरेको आरोप ब्यबसाहीहरुले लगाएको छन ।
एक अनपढ, शिप नभएको, गरिब युवालाई सक्षम बनाइ बैदेशिक रोजगार दिलाई परिवार पालन पोषण गर्न सक्ने, बृद्धा, केटाकेटी हरुलाई हेरचाह सहित् उपचार मुलो गर्ने सक्ने हैसियत बनाई यस्तो मंहगो शिक्षा दिन सक्ने बनाउने बैदेशिक रोजगार क्षेत्रलाई राज्य यस्तो महामारीमा कहिँ कतै बाट सम्बोधन नगरिनु बास्तबमा एक प्रकारको विभेद गरेको हो भन्ने तर्क यसै ब्यबसाय संग आबद्ध ब्यापारीहरुको छ ।
समग्रमा भन्नु पर्दा मुलुकको जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारको मागअनुरुप ज्ञान र सीप प्रदान गरी दक्ष, क्षमतावान, सीपयुक्त र प्रतिस्पर्धी श्रमशक्तिको रुपमा उत्पादन गरी वैदेशिक रोजगारमा उनीहरूको प्रवेशलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार क्षेत्रमा लाग्ने सबैको योगदान रहेको छ । वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकार प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने तथा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ । देशकै कुल ग्राहेस्त उत्पादन (GDP)मा पनि यस क्षेत्रमा करिबन २९ प्रतिशत योगदान रहेको तथ्य यत्र तत्र उल्लेख रहेको छ ।यसरी यस क्षेत्र बाट आएको सकारात्मक तथ्यलाई आफ्नै पोल्टामा हालेर यो सकारात्मक बाताबरण बनाउने क्षेत्रलाई बाध्यात्मक कानुनि दाउपेज बाट बन्धन बनाएको पाइन्छ । बैदेशिक रोजगार ब्यबस्थित गर्न राज्यले नीति नियम बनाएको छ भने एस क्षेत्रका ब्यबसाहीहरुलाई नियन्त्रण गर्ने आधिक मात्रमा धरौटी साहितको नगद पनि जम्मा गर्न लगाई यस क्षेत्रमा लाग्ने जो कोहिलाई पनि कानूनी दायेरमा बाधि नियन्त्रण गर्न पनि खोजिएको छ ।
यद्यपि बिश्वमा फैलिएको कोरोना संक्रमण संगै बन्द जस्तै रहेको बैदेशिक रोजगार गतबर्ष केहि राहत स्वोरुप जोखिम क्षेत्रमा समेटिएको थियो, तर यसपाली भने कहिँ कतै सम्बोधन सम्म नभए पश्चात आउने दिनहरुमा बैदेशिक रोजगारको अबस्था अन्यौल रहने अनुमन छ । रोजगारको दिर्गकालिन कुनै योजना नभएकै अबस्थामा बैकल्पिक मार्ग भनेकै नै बैदेशिक रोजगार हो । यस क्षेत्रलाइ ब्यबस्थित बनाई दिर्घकालिन रोजगारको ठोस योजना कार्यान्वयन नभए सम्मको लागि बैदेशिक रोजागार ब्यबस्थित बनाउने काम राज्यकै हो, तसर्थ यो क्षेत्र र यसमा लाग्ने ब्यबसायीहरुलाई राज्यले यथाशिघ्र सम्बोधन गरि भैपरिआउने कोषबाट भएपनि तत्काल राहत को घोषणा गरि आउने मौन्द्रिक नीति बाट ब्यबस्थित सम्बोधन गरिनुपर्ने विज्ञहरुको राय छ ।
तपाइँको प्रतिक्रिया ।