कत्ति राम्रो बानी : भारद्वाज मित्र (बालगीत )

कत्ति राम्रो बानी : भारद्वाज मित्र (बालगीत )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२।

आहा ! हाम्री नानी

साँच्चै रैछन् ज्ञानी ।

 

हात खुट्टा तानेर

व्यायाम गर्न भनेर

 

नाच्न पनि थालिछन्

पसिना नै झारिछन्

 

स्वास्थ्य अनि बानी

सुधार्दै छिन् नानी ।

 

दिनदिनै गर्ने रैछन्

ब्यायम हाे जानी ।

 

नियमित अभ्यासले

हुन्छ राम्रो बानी ।

 

फूलजस्ती नानी

कत्ति राम्रो बानी ।

तपाइँको प्रतिक्रिया ।