मिलिजुली समुह जोरपाटीको समस्यामा परेकाहरुलाई खाद्यान्न सहयोग अभियान

मिलिजुली समुह जोरपाटीको समस्यामा परेकाहरुलाई खाद्यान्न सहयोग अभियान

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२।

मिलिजुली समुह जोरपाटीले अनाथ असहाय बालबालिका,आर्थिक अवस्था कमजोर भएका व्यक्ति ,जेष्ठ नागरिक , एकल महिला तथा अशक्तहरुलाई खाद्यान्न सहयोग अभियान संचालन गरेको छ।

कोभिड १९ को माहामारीमा परेको समस्याले छाक टार्न समेत धौ धौ परेको अवस्थालाई मध्य नजर गर्दै समुहका सदस्यहरु तथा अन्य  मनकारी दाताहरूको सहयोगमा फुड बैंक तथा सहयोग कोष स्थापना गरेको हो।

अभियानका क्रममा समुहले  नेपाल महिला तथा बाल सेवा समाजका अनाथ बालबालिका , अशक्त र एकल महिलालाई चामल , दाल , चिउरा , तेल जस्ता खाद्य सामग्रीहरु सहयोग गरेको छ।

२०७४ शालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फ बाट गोकर्णेश्वर नगर उपप्रमुख पदकी उम्मेदवार तथा समाजसेवी शान्ति श्रेष्ठ , समाजसेवी गायत्री दङ्गाल,समाजसेवी आशा अर्यालकाे उपस्तिथिमा  २५ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।