सहमति भयो सार्वजनिक हुन बाँकी, जारि होला त ८ गते सविधान ?

सहमति भयो  सार्वजनिक हुन बाँकी, जारि होला त ८ गते सविधान ?

कपन अनलाइन ,माघ -४ / प्रमुख दलका शीर्ष नेताहरूको बैठक सहमति निकट पुगेको फोरम लोकतान्त्रिकका अध्यक्षा विजय गच्छदारले बताए ।

आइतबार भएको शीर्ष दलहरूको बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै गच्छदारले संघीयता, शासकीय स्वरूप, राज्य पुनसंरचना लगायतका विषयमा सहमति निकट पुगेको भएपनि सार्वजनिक भने हुन बाँकी रहेको बताए ।

धेरै खोतल्न थाले भएका कुरा पनि बिग्रने भन्दै उनले न्याय प्रणाली, शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका विषयमा दलहरूले आ—आफ्नो अडान त्यागी सहमतिका लागि जुटेको भएपनि सार्वजनिक भइनसकेको दोहो¥याए । उनले शीर्ष दलहरूको बैठक सोमबार बिहान बस्ने जानकारी गराए ।

उनले पत्रकारहरूसँग कुरा गर्दै मुख्य मुद्दाहरूमा सहमति नजिक पुगिसकेको हुँदा माघ ८ अघि नै सबै बुँदामा सहमति हुने भएपनि संविधान नै घोषणा हुन भने गाह्रो हुने बताएका छन् । शासकीय स्वरूपमा कति प्रदेश बनाउने भनेर विवाद चुलिएका बेला सत्तापक्षका दलहरू र प्रतिपक्षका दलहरूबीच सहमतिको मार्ग बनेको गच्छदारले बताए । बैठकको बारेमा बोल्दै उनले दश प्रदेश हुनेहरू पनि घटाउन र सात प्रदेश हुनेहरू पनि आफ्नो अडानमा नरहेका कारण चाँडै सहमतिका कुराहरू सार्वजनिक हुने बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।