आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता : नेपालद्वारा नेदरल्याण्ड २ विकेटले पराजित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता : नेपालद्वारा नेदरल्याण्ड २ विकेटले पराजित

कपन अनलाइन , माघ-४ / नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्दी नेदरल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।
10933196_831556276883433_2138200938_n
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि विनोद भण्डारीले ३४ रन, शरद भेषवाकर र सोमपाल कामीले २४ रन, पारस खड्काले १९, सागर पुनले १३ रन जोडे । नेदरल्याण्डले दिएको १५९ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गरेको थियो । खराब सुरुवात गरेपनि नेपालका मध्यक्रमका ब्याट्सम्यानहरुले इनिङ सम्हालेका थिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले ४९.५ ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो । अन्तिम ओभरमा बलिङमा आएका सोमपालले १२ रन खर्चेर १ विकेट लिएका थिए ।

नेदरल्याण्डका माइकल रिप्पोनले सर्वाधिक ५३ रन बनाए भने स्टेफन माइब्रगले ३६ तथा मुदासार बुखारीले १९ रन जोडे । नेपालका लागि सोमपाल कामी, पारस खड्का, वसन्त रेग्मी र शक्ति गौचनले समान २–२ विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।