सम्झौता नमान्ने हो भने विप्लवसँग जङ्गल जान्छौं : जनार्दन

सम्झौता नमान्ने हो भने विप्लवसँग जङ्गल जान्छौं  : जनार्दन

कपन अनलाइन ,माघ -४ /एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकार’ले पुराना सन्धि सम्झौताहरू नमान्ने हो भने आफूहरू पहिलेकै अवस्थामा फर्किन सक्ने भन्दै कार्यान्वयनमा नआउने भए पुराना सन्धि सम्झौताहरू च्यात्न काँग्रेस—एमालेलाई चेतावनी दिएका छन् ।

download (3)

संवाद समितिको आइतबारको बैठकमा बोल्दै शर्माले काँग्रस—एमालेले दुई तिहाइको दम्भ देखाएर पेल्न खोजेको आरोप लगाउँदै यदि त्यसो गर्न खोजिएको हो भने पुराना सन्धि सम्झौता च्यात्न भनेका थिए ।

शान्ति सम्झौता लगायतका सबै सम्झौताहरू च्यातेर सबै आ—आफ्नो बाटो लाग्नुको विकल्प नभएको भन्दै उनले सहमतिको अन्य विकल्प नखोज्न समेत आग्रह गरेका थिए । सभामुख तटस्थ भएर बढ्नुपर्ने भन्दै उनले यदि त्यसो नभएमा आफूहरू वैद्य—विप्लवलाई समेटेर पुरानै बाटोमा फर्कनुपर्ने बाध्यता रहेको प्रष्टाएका थिए ।

तपाइँको प्रतिक्रिया ।