बुढानीलकण्ठ-३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

बुढानीलकण्ठ-३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कपन अनलाइन

काठमाडौँ, जेठ २०।

बुढानीलकण्ठ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा  नगरपालिका भित्रका स्वास्थ्य केन्द्रहरुमा रहेका कोरोना संक्रमितहरुको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको छ।

वडा अध्यक्ष  श्रेष्ठको पहलमा वडा नं  २ को बिएमसिए स्कूलमा रहेको आइसोलेसन केन्द्रका लागि दुईवटा, वडा नं  ३ मा रहेको स्वास्थ्य चौकीका लागि दुईवटा,  नगर अस्पतालमा रहेको अस्तायी ओपिडी सेवा केन्द्रका लागि दुईवटा, वडा नं ६ र ७ को स्वास्थ्य चौकीलाई एक-एक वटा, वडा नं १३ मा रहेको बर्थिङ्ग सेन्टरका लागि दुईवटा गरि जम्मा आठवटा अक्सिजन कन्सन्ट्रेटर  वितरण गरिएको छ।

काेभिड १९ बाट संक्रमित भइ स्वास प्रश्वासमा कठिनाई हुँदा उपचारका लागि अत्यावश्यक सेवा  बिरामीहरलाई आफ्नो नजिकै रहेका स्वास्थ्य केन्द्रहरुबाट नै प्राप्त गर्न सहज होस् भनेर  सो सामाग्रीहरु वितरण गरिएको श्रेष्ठले  बताएका छन ।

 

तपाइँको प्रतिक्रिया ।