उपत्यकामा थप १० दिन सवारी साधन सञ्चालनमा रोक,के छ प्रसासनको आदेशमा ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले  सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ ।

जिल्ला प्रसासन कार्यालको आदेस :

तपाइँको प्रतिक्रिया ।