टोखा चंडेश्वरी प्रदेस अस्पताललाई मुख्य सचेतक दीपक निरौलाको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६।

नेकपा एमाले बागमती प्रदेस संसदीय दलका  मुख्य सचेतक दीपक निरौलाले टोखा चंडेश्वरी प्रदेस अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन।

काठमाण्डौ जिल्लाको टोखा नगरपालिकामा  प्राथमिक स्वास्थ्य चौकी बाट बागमती प्रदेसको प्रदेस  अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पताललाई ४० लिटर स्यानीटाइजर,४ हजार मास्क,१२५ थान एन्टीजेन परिक्षण किट र ४ वटा अक्सिमिटर प्रदान गरिएको थियो।

काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य निरौला सहित सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी  ,उपप्रमुख ज्ञानमाया डंगोल ,वडा नं ७ का अध्यक्ष नरोत्तम राना ,नगर स्वास्थ्य महाशाखा प्रमुख रनलाल कुलाल  , अस्पतालका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।