आर्थिक वर्ष २०७८/७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुने

कपन अनलाइन

काठमाडौं जेठ १५ । आर्थिक वर्ष २०७८/७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुने भएको छ  ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने स्रोतले  जानकारी दिएको छ  ।बजेटबारे निर्णय गर्न आज  बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै छ ।सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ ।संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।