“नदेखिएको रोजगारीले बिगार्ने अर्थतन्त्र”
कपन अनलाइन
काठमाडौँ, जेठ १५ /अमर प्रकाश तिवारी
कोरना र त्यसपछि उठेका अबस्थालाई लिएर बिश्वको दैनिकी अन्यौल छ भने अर्थतन्त्र र रोजगारको क्षेत्र डामाडोल बनेको छ । गत वर्ष बिश्वमा करिब १२ करोडले रोजगार गुमएको तथ्य वर्ल्ड इकोनोमिक फोरमले जनाएको थियो, तेस्तै नेपालमा २५ लाखले रोजगार गुमएका थिए । यो बर्षको तथ्यांकले झनै बिकराल अबस्था बनाएको छ भने, बैदेशिक रोजगारी ठप्प भए संगै यो संख्या लगभग दुइ गुना बढ्ने देखिन्छ । राज्यले मान्दै बुझ्दै आएको देशकै लगभग २९ प्रतिशत कुल ग्राह्यस्थ उत्पादन (GDP) मा सहयोग गर्ने बैदेशिक रोजगार क्षेत्र पनि लगभग ठप्प छ यद्यपी, गत बर्षको चैत्र र त्यो भन्दा अगाडी जे जेति बैदेशिक रोजगारमा गएका थिए तिनीहरुले नै बैदेशिक विप्रेषण धानेको हो । अब पनि यसरी नै बैदेशिक रोजगार ठप्प हुने हो भने वैदेशिक मुन्द्रा संचय निकै कम हुने निश्चित छ । विप्रेषणको अर्को श्रोतहरु भनेको पर्यटन र नेपाली उत्पादनको निकासी हो । पर्यटन क्षेत्र लगभग बन्द जस्तै छ भने उत्पादन स्वदेशमै खपत हुने किसिमले मात्र गरिएको छ ।
निर्यातको लागि गुणस्तर नभएको र उत्पादनमा पनि निरन्तरता नहुने भएकोले निकासीमा खासै प्रगति भयको छैन । तसर्थ यी दुवै क्षेत्र पनि ठप्प जस्तै छन्, जसले गर्दा बैदेशिक मुन्द्रा अभाब भै देशको अर्थतन्त्रमा निकै गहिरो धक्का लाग्ने प्रस्ट छ । नेपालमा कुल ग्राह्यस्त उत्पादन मध्ये करिबन ५१ प्रतिशत योगदान सेवा क्षेत्रमा आधारित ब्यबसायहरुको छ जस मध्ये २९ प्रतिशत योगदान बैदेशिक रोजगार ब्यबसायको रहेको देखिन्छ, भने पर्यटन क्षेत्रले ८ प्रतिशत भन्दा कम योगदान गरेको देखिने तथ्य नेपाल टुरिजम इन्डस्ट्रिज २०१८ ले जनायको छ । दक्षिण एसिया हेर्ने विश्व बैंकका मुख्य अर्थशास्त्री हंस टिमरको टिप्पणी अनुसार कोरोना महामारीले नेपाललाइ अर्थव्यवस्थामा निकै लामो समयसम्म असर गर्ने छ यद्यपी, पर्यटन क्षेत्रमा व्यापक प्रोत्साहान गरेमा खाडल परेको अर्थतन्त सुधारोन्मुख हुन सक्ने आसय प्रकट गरेका छन् ।
यसै गरि कृषि सम्बन्धि परियोजना, बिद्युत उत्पादन, बैकल्पिक उर्जा जस्तै, सौर्य, पानि तथा हावाबाट चल्ने टरवाइन (air and water turbine) जस्ता पक्ष्यमा राज्यले व्यापक लगानी गर्ने या गराउने लचिलो नीति आबलंबन गरे, बिग्रिएको अर्थतन्त्र सुध्रिने पक्का भयको दाबी अर्थ बिज्ञहरु गर्दछन । उल्लेखित दिर्घकालिन योजनाहरु भएपनी हामीले गरेको एक अध्यान आनुसार तत्कालिन राहतको लागि बैदेशिक रोजगारमा व्यापक सुधार गरि मार्ग प्रसस्त गरिनु पर्ने र उक्त माध्यामबाट आएको विप्रेषणलाइ नै उल्लेखित क्षेत्रमा लागनी गर्न प्रोत्साहन गरिनु पर्ने देखिन्छ । देशलाई दक्ष जनसक्ति र लगानी दुवै चाहिने हुनाले बैदेशिक रोजगार मात्र यस्तो विकल्प हो जसले दक्ष जनसक्ति उत्पादन सहित अनुभाबी पनि बनाउछ, र लागनिको लागि आवाश्यक बैदेशिक मुन्द्रा पनि जुटाउछ ।
कोरोनाले गत बर्ष चरम आर्थिक अभाब भएको बेलामा फिलिप्पिंन्समा एउटा आभियान नै चलाइयो जसले “मेरो देश र परिवार रोइरहेको छ मैले रेमिटान्स पठाएर देश र मेरो परिवार बचाउनु छ ।” यसरी बिश्वो ब्यापी रूपमा चलाईएको अभियानले बिश्वोमा छरिएर रहेका फिलिपिनोहरुले पठाएको बिपेषणले स्थिर रहेको अर्थतन्त्र चयालामान भएर आर्थिक संकट हुनबाट जोगिएको तथ्य सार्बजनिक भयको छ । यति जानकारी राख्दै गर्दा बार्षिक करिबन ५ लाखलाई रोजगारी दिलाई ८ खर्ब बैदेशिक मुद्रा भित्र्याउन मद्दत गर्ने र देशको कुल ग्रहेस्थ उत्पादनमा २९ प्रतिशत योगदान गर्ने बैदेशिक रोजगार ब्यबसाय कोरोनको प्रभाबले तहसनहस भएको छ । २०७६, फाल्गुन २८ बाट ताला लागेको यो बैदेशिक रोजगार ब्यबसाय केहि महिना खुकुलो भएको समयमा पनि ताला लागेकै थियो । एकात कतै खोलिएपनि यसको निरन्तरतामा भने ब्रेक लागेको थियो । पछिल्लो चरणमा दोस्रो/तेस्रो भन्ने भेरियन्टले यो क्षेत्रलाइ झनै थलै पारेको छ ।
यो अनिश्चित लागेको ताला खुल्ने, अन्तराष्ट्रिय अबस्था र कामदार आपूर्ति गर्ने देशले बैदेशिक कामदार भर्ती प्रति लिने नीतिमा भर पर्ने देखिन्छ । यसलाई आहिलेनै आकलन गरेर यस्तै हो भन्नु गलत पनि हुन् सक्छ । देशको हरेक वर्ष करिब ५ लाख बेरोजगारी युवाहरुलाई रोजगारीको व्यवस्था गरिदिने राष्ट्रिय पहिचान बोकेको ब्यबसायलाई कुनै क्षेत्र बाट सम्बोधन नगरीनुले यस क्षेत्रमा लाग्ने ब्यबसायीहरु हतोउत्साही भएको कुरो बैदेशिक रोजगार ब्यबसाय सघका एक पधाधिकारी गुनासो गर्छन । त्यसरी बैंक, ट्राभल, मेडिकल, होटेल. एयरलाइन्स, श्रम बिभाग, यातायात, रेस्टुरेन्ट जस्ताहरु क्षेत्रहरुमा ८० प्रतिशत सम्म प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा कार्यभार समलिदिएको ब्यबसयलाई राज्यले उचित ब्यबस्थापन गरि यो क्षेत्रमा देखिएको समस्या र कानुनी बाधा अड्चनहरुलाई दिर्घकालिन रूपमा समाधान गर्न पहल गर्नु पर्ने राज्यको दाइत्व हो, उनि आगाडी थप्छन । हाम्रो अध्यन र हाल नेपाल सरकारका ठोस योजनाहरु केलाउदा तत्कालिन कुनै नया रोजगारीको सम्भावना देखिदैन । भएको रोजगार पनि करिबन २५ लाख को हाराहरीमा गुमेको अबस्था छ र बैदेशिक रोजगारीको अबस्था ठप्प छ ।
साथै उता दैनिक जसो बैदेशिक रोजगारमा रहेकाहरु फर्किदो अबास्था, भारतबाट ठूलो संख्या रहेका नेपालीहरु नेपाल फर्कने आबस्था, कोरोना को माहामारीले अन्यमुलुक बाट नेपाल फर्कने, पढ्न गएकाहरु को दयनीय/फर्किने अबस्था, आदि समग्र क्षेत्रलाइ केलाउदा नेपालमा ब्यापक बेरोजगारी बढ्ने देखिन्छ, जसले गर्दा चरम आर्थिक संकट आउनुको साथै अस्थिरता बढ्ने, लूटपाट बढ्ने जस्ता अनेकौ संकट आउने कुरोमा बिज्ञहरु चिन्ता ब्यक्त गर्दै नया रोजगारको दिर्घकालिन समधान नगरे स्थिती अतिनै भयावाह हुने चेतावनी पनि दिएका छन । समग्र विश्लेषणले तत्कालीन रोजगारको समस्या सामाधान सन्दर्भमा नीति सहितको योजना बनाई हाललाई (समग्र आध्यन गरि केही बर्षको लागि) बैदेशिक रोजागारलाई नै लाई प्रोत्साहन गरिनुपर्ने देखिन्छ । यो आबस्था एक बाध्यात्मक आबस्था भएकोले यस बिषयमा गहन अध्ययन गरि यस क्षेत्रका बिज्ञहरुसंग बेलैमा परामर्श गरि राज्यले अल्पकालिन र दिर्घकालिन रोजगारी समस्यको समधान गर्न तर्फ बिशेष पहल गरिनु पर्ने देखिन्छ ।