स्थानीय खहरे खोलामा आएको बाढीका कारण मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५।

बुधबार रातिदेखिको वर्षाका कारण  स्थानीय खहरे खोलामा आएको बाढीले  मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ भने  २ किलोमिटर सडक क्षतविक्षत बनाएको छ।

बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको बगाउनुका साथै  एभरेष्ट होटलको शौचालय, कुखुराको खोर बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए। उनका अनुसार बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन्।

बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ। मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए।

तपाइँको प्रतिक्रिया ।