Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/190383689_10226252435201556_6463841060508385042_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/191913778_10226252433961525_1591970862219509819_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चामुण्डा मा.वि.पूर्व बिद्यार्थी मञ्च र हाम्रो सहयोग अभियान द्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, जेठ १४। कोरोना कहरका  कारण जारी गरिएको निषेधाज्ञाले रगत अभाब भई बिरामीहरुलाई समस्या नहोस भन्ने उदेश्यले  चामुण्डा मा.वि. पूर्व बिद्यार्थी मञ्च र हाम्रो सहयोग अभियान द्वारा  संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  बुधबार बुद्दजयन्तिको अवसरमा  जोरपाटी नारायणटार स्थित चामुण्डा माध्यमिक बिध्यालय परिसारमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखा रक्त सञ्चार केन्द्रको प्रविधिक सहयोगमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरक्षित  तवर बाट आयोजना गरिएको  आकस्मिक रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले रक्तदान गरेको चामुण्डा मावि पूर्व विद्यार्थी मञ्चका बच्चुराम शर्मा कुइकेलले कपन अनलाइन लाइ जानकारी गराए ।

 छोटो समयको तयारी तथा अहिलेको अवस्थामा पनि स्थानीय तथा सामाजिक व्यक्तिहरुको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको उनले बताए। बिहान ९ बजे बाट शुरु गरिएको उक्त कार्यक्रम ११ बजे सम्म चलेको थियो।

कार्यक्रममा चामुण्डा मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदी , बच्चुराम शर्मा कुइकेल , डा. सोमबहादुर धिमाल, स्थानीय समाजसेवी कृष्णहरी भण्डारी , चामुण्डा माविका शिक्षक तथा समाजसेवी सामाजिक अभियन्ता उद्धव रायामाझी, समाजसेवी तथा पत्रकार निर्मल अर्याल , गोविन्द काफ्ले ,श्री योगी लगायत स्थानीय  व्यक्तिहरु उपस्थित रहेको थियो । कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थिति र प्रतिकुल मौसमको अवस्थामा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले  धन्यवाद ज्ञापन गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।