तारकेश्वरको साङ्ला आइसोलेशन केन्द्रलाई लायन्स क्लबको स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौं, जेठ १४। तारकेश्वर नगरपालिका वडा नं १ मा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित आइसोलेशन केन्द्रलाइ लायन्स क्लबले स्वास्थ्य सामग्री प्रदान गरेको छ। बिहिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ले साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनका लागि करिव ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामाग्री अन्तरगत अक्सीजन कन्सनट्रेटर ४ थान, अक्सीजन रेगुलेटर १५ पिस, अक्सीमिटर ५ पिस, दुई पिस फोल्डीङ बेड र युरोगार्ड लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १नेपाल अन्तर्गतका क्लव र सदस्यहरुको सहयोगमा उठेको रकमबाट तारकेश्वर नगरपालिकाको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामाग्रीहरु एक कार्यक्रमका बीच नगर प्रमुख रामेश्वर बोहोरालाइ हस्तान्तरण गरिएको थियो ।नेपालमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण देखिएसँगै संक्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य सामग्री प्रदान गरेको लायन्स क्लबले जनाएको छ ।स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख रामेश्वर बोहोराले सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए ।