नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको शंख्या २ हजार २ सय ३३ जना पुग्यो, वडा गत बिवरण सहित

नागार्जुन नगरपालिकामा कोरोना संक्रमितको शंख्या २ हजार २ सय ३३ जना पुग्यो, वडा गत बिवरण सहित

कपन अनलाइन

काठमाडौँ, जेठ १४। नागार्जुन नगरपालिकामा २०७८ जेठ १३ गते सम्ममा १२५५ जना पुरुष र  ९७८जना महिला गरि कुल  २२३३  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी  गराएको छ । कुल संक्रमित मध्ये ६४६ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका ३३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हालसम्म नगरपालिकाका १५१९ जना होम आइसोलेसनमा रहेका छन भने अस्पतालमा ३५ जना रहेको जानकारी गराएको छ ।हालसम्म नगरपालिकामा सक्रिय संक्रमितको संख्या १५५४ जना रहेको समेत उल्लेख गरिएको छ।

नागार्जुन नगरपालिकाका कुन वडामा कति संक्रमित ?

 नागार्जुन नगरपालिका वडा नं १ मा २३६ जना पुरुष र १९२ जना महिला गरि ४२८ जना

नागार्जुन नगरपालिका वडा नं २  मा  १४९ जना पुरुष र  १३५ जना महिला गरि २८४ जना

नागार्जुन नगरपालिका वडा नं ३  मा  ११० जना पुरुष र ५४ जना महिला गरि १६४ जना

नागार्जुन नगरपालिका वडा नं ४  मा  २७५ जना पुरुष र २४७ जना महिला गरि ५२२  जना

नागार्जुन नगरपालिका वडा नं ५  मा ७३ जना पुरुष र ६७ जना महिला गरि १४०  जना

नागार्जुन नगरपालिका वडा नं ६ मा   १४४ जना पुरुष र ९९ जना महिला गरि २४३  जना

नागार्जुन नगरपालिका वडा नं ७  मा  ६८ जना पुरुष र ५० जना महिला गरि  ११८ जना

नागार्जुन नगरपालिका वडा नं  ८  मा  २५ जना पुरुष र २५ जना महिला गरि ५०  जना

नागार्जुन नगरपालिका वडा नं ९ मा  ७७ जना पुरुष र ४९ जना महिला गरि १२६ जना

नागार्जुन नगरपालिका वडा नं १०  मा  ९८ जना पुरुष र ६०जना महिला गरि  १५८ जना रहेको जनाएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन  नगरपालिकाले  अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न  समेत अनुरोध गरेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।