कोरोना विरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १३।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन  ।
नेकपा एमालेका महासचिव समेत रहेका  उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह  गरेका हुन्  ।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए  ।
‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भने , दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’

खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालले अपिल गरेको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले नेपाललाई ८ लाख डोज खोप सहयोग गरेकोमा चीनलाई धन्यवाद पनि दिएका थिए  ।

उनले कोरोना महामारी लगत्तै नेपाल लगायत विश्वका बिभिन्न देशमा चीनले खेलेको भूमिका संसारकै लागि अनुकरणीय रहेको भन्दै प्रशंसा गर्कोदै रोनाविरुद्वको सामूहिक र दृढतापूर्वक लडाईंले मात्र महामारी नियन्त्रण सम्भव रहेको  विश्वास व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।